बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

gold

प्रतिकात्मक तस्विर

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार २०० र तेजावी सुनको मूल्य एक ११ हजार ६५० तोकिएको छ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds