भरतपुर कारागारका एक कैदीको मृत्यु

भरतपुर कारागारका एक कैदीको मृत्यु

mrita fela

चितवन । चितवनको भरतपुर कारागारका एक कैदीको मृत्यु भएको छ।

भारतको नरकटियापुरी २ घर भई हाल चितवनको माडी ३ बस्ने ३६ वर्षीय जुगेश्वर महतोको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कर्तव्य ज्यानको कसुरमा कैद भुक्तान गरिरहेका महतोको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो।

भदौ ११ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबार साँझ उनको मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds