पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उत्पन्न स्थितिलाई साम्य पार्ने क्रममा ४ जना प्रहरी पनि घाइते भएको कास्की प्रहरीले प्रतिक्रिया दिएको छ ।
बिरामीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तद्वारा डाक्टरमाथि कुटपिट हुँदा मणिपाल अस्पताल दिउँसो १ बजेपछि रातिसम्मै अशान्त रह्यो । पहिले मृतकका पक्षबाट ठूलो समूहका समर्थकलाई सम्हाल्न हम्मे हम्मे परेको प्रहरी पछि स्वास्थ्यकर्मी आन्दोलित भएपछि लाठीचार्ज गर्न उद्धत बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले प्रहरी पनि ४ जना घाइते भएको बताए । उनले एक जनाको टाउकोमा तीन वटा टाँकासमेत लगाएको जानकारी दिए । आक्रोशित ठूलो समूह अस्पताल तोडफोडमा उत्रेका थिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरी घाइते भएका हुन् । पछि चिकित्सकहरु पनि नाराबाजीमा उत्रिएका थिए ।
‘प्रहरीले त डाक्टर पनि कुटेछन् । अपशब्द प्रयोग गर्दै मृतक पक्षसँग गएर डाक्टर साफसँग कुटेको र ढुटो हुने गरी रगतै रगत बनाइदिएको भनेर प्रहरी निरीक्षक मदन श्रेष्ठले नै भनेका छन् । यसबारे कास्की प्रहरीको धारणा के छ ?’ भन्ने प्रश्नमा डिएसपी बिकले भने – ‘त्यही त, भिडियो, समाचारमा देखेपछि थाहा भयो । यसो हुन नपर्ने हो । तालुक निकाय प्रदेश कार्यालयकै ध्यानाकर्षण भइसकेको छ । अनुसन्धान भइहाल्छ । तर, हाम्रो प्रहरीका पनि ४ जना घाइते भएका छन् है ।’
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरेपछि अहिले स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । डाक्टर कुट्ने गुरुङलाई सोमबार नै पक्राउ गरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ । गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार बिकलाई भने रिहा गरेको डिएसपी बिकले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको हो ।
सुरक्षा संवेदनशीलतालाई मनन गरी चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार बिकलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ।
सम्बन्धित समाचारः
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
पोखरामा डाक्टर कुटिएको बिरोधमा माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला