पाकिस्तानको बलुचिस्तानमा शुक्रबार दुईपटक बम विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।
मस्जिद बाहिर भेला भएका व्यक्तिलक्षित आत्मघाती बम विस्फोट भएको हुनसक्ने प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मस्तुंग शहरको मदिना मस्जिद बाहिर बम पड्किएपछि त्यहाँ कोलाहल मच्चिएको छ । मानिसहरूको शव बम विस्फोटनले छरपस्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यो घटनामा अन्य ५० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । बम विस्फोटनको घटनासँगै पाकिस्तानका गृहमन्त्री सरफराज बुगतीले यो आक्रमण गराउने समूहले घिनलाग्दो गतिविधि गरेको बताएका छन् । उनले घटनामा संलग्न हुनेहरूको खोजी गर्न निर्देशन दिइसकेका छन् ।
यो आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बलुचिस्तान प्रान्तको सरकारले यो घटनापछि प्रान्तभर तीन दिने शोकको घोषणा गरेका छन् । विस्फोटपछि क्वेटाको अस्पतालमा घाइतेहरूको घुइँचो लागेको छ ।
पाकिस्तानमा तेहरिक-इ-तालिबान समूहले आतंकवादी गतिविधि गर्दै आएका छन् । तर, यो समूहले हालको घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । तालिबानले पनि मस्जिद बाहिरको आक्रमणको निन्दा गर्दै यो घटनालाई दुस्खद् खबर भनेको छ ।
सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु