पाकिस्तानमा मस्जिद बाहिर दुईपटक बम विस्फोट, ५२ जनाको मृत्यु

अपराधिक कार्य

पाकिस्तानमा मस्जिद बाहिर दुईपटक बम विस्फोट, ५२ जनाको मृत्यु

प्रान्तभर तीन दिने शोकको घोषणा

skynews-mastung-pakistan-suicide_6302081

Photo: SkyNews

पाकिस्तानको बलुचिस्तानमा शुक्रबार दुईपटक बम विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।

मस्जिद बाहिर भेला भएका व्यक्तिलक्षित आत्मघाती बम विस्फोट भएको हुनसक्ने प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मस्तुंग शहरको मदिना मस्जिद बाहिर बम पड्किएपछि त्यहाँ कोलाहल मच्चिएको छ । मानिसहरूको शव बम विस्फोटनले छरपस्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो घटनामा अन्य ५० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् ।  बम विस्फोटनको घटनासँगै पाकिस्तानका गृहमन्त्री सरफराज बुगतीले यो आक्रमण गराउने समूहले घिनलाग्दो गतिविधि गरेको बताएका छन् । उनले घटनामा संलग्न हुनेहरूको खोजी गर्न निर्देशन दिइसकेका छन् ।

यो आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बलुचिस्तान प्रान्तको सरकारले यो घटनापछि प्रान्तभर तीन दिने शोकको घोषणा गरेका छन् । विस्फोटपछि क्वेटाको अस्पतालमा घाइतेहरूको घुइँचो लागेको छ ।

पाकिस्तानमा तेहरिक-इ-तालिबान समूहले आतंकवादी गतिविधि गर्दै आएका छन् । तर, यो समूहले हालको घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । तालिबानले पनि मस्जिद बाहिरको आक्रमणको निन्दा गर्दै यो घटनालाई दुस्खद् खबर भनेको छ ।

सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds