पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
कास्की नौडाँडाका विजय भन्ने माधव पौडेल र रुपन्देहीका गोपाल बस्याल नाम खुलेको र परिवार डाकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए । शव भने एक जनाको मात्र भेटिएको छ ।
‘गाडी टुक्रा टुक्रा भेटिएको छ । मोदीखोला दोभानसम्मै पार्ट पार्ट छन् । हराएका तीन जना मध्ये १ जना मृत भेटिएका छन् । २ जनाको नाम खुलेको छ । परिवार डाकेका छौँ । आउँदै हुनुहुन्छ । परिवारले कन्फर्म गरेपछि मात्र पुष्टि हुनेछ ।’ डिएसपी भुसालले गण्डकन्यूजसँग भने ।
चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् ।
बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको हो ।
जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको डीएसपी भुसालले बताए ।
उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ । इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।
तस्वीर: पत्रकार राजन पौडेलको भिडियोबाट
सम्बन्धित समाचारः
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन