दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल

पर्वत जीप दुर्घटनाः

दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल

चालक हेम्जाका बसन्तबहादुर थापा प्रहरी नियन्त्रणमा

DSP Bhusal 2

पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।

कास्की नौडाँडाका विजय भन्ने माधव पौडेल र रुपन्देहीका गोपाल बस्याल नाम खुलेको र परिवार डाकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए । शव भने एक जनाको मात्र भेटिएको छ ।

‘गाडी टुक्रा टुक्रा भेटिएको छ । मोदीखोला दोभानसम्मै पार्ट पार्ट छन् ।  हराएका तीन जना मध्ये १ जना मृत भेटिएका छन् । २ जनाको नाम खुलेको छ । परिवार डाकेका छौँ । आउँदै हुनुहुन्छ । परिवारले कन्फर्म गरेपछि मात्र पुष्टि हुनेछ ।’ डिएसपी भुसालले गण्डकन्यूजसँग भने ।

चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् ।

बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको हो ।

जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको डीएसपी भुसालले बताए ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ । इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।

तस्वीर: पत्रकार राजन पौडेलको भिडियोबाट  

सम्बन्धित समाचारः

पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो

पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ