काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको छ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिपद् बैठकले शनिबार रातिदेखि लागू हुने गरि नेपाल आयल निगमले बढाएको ग्याससहित पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम राख्ने निर्णय गरेको हो । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ ।
नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
पुरानो मूल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको शर्माको भनाइ छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
चाडबाड आउन लागेको बेल्ला पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना भएपछि सरकारले पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो।
सम्बन्धित खबर
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य घट्यो
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान
सुनको मूल्य तोलाको एक लाख ७० हजार नाघ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य घट्यो
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु