पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको औचित्य नरहेको बताएका छन् ।
गण्डकी प्रदेश कमिटिका निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताएका हुन् ।
नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने बताए । ‘समाजवादी मोर्चाको नाममा बामपन्थीहरु मिलेर बनाएको भनिएको मोर्चा सम्पूर्ण रुपमा एमाले विरुद्ध परिचालित छ । हामीले एमाले भन्दा अर्को लोकतान्त्रिक र बामपन्थी पार्टी छैन र त्यो भन्दा बाहिर रहेर हुँदैन भन्ने प्रमाणित गर्नुपर्नेछ ।’ – गुरुङले भने ।
उनले अधिवेशनको समाप्तिसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु भएको दाबी समेत गरे । चुनाव भएपछि पाटी फुटिहाल्छ र सर्वसम्मत गरेपछि पार्टी निरंकुश हुन्छ भन्ने दुवै कुरा गलत रहेको उनको भनाई छ ।
परिस्थिति अनुसार चुनावी प्रक्रिया र सर्बसम्मत सबैको महत्व रहने उनले धारण राखे । गुरुङले भने– ‘हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन् । एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ । हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन् ।’

तस्वीरः राधिका कँडेल
एमाले सधै लोकप्रिय हुनुको कारण यसमा रहेको आन्तरिक लोकतन्त्र नै प्रधान रहेको उनले बताए । एमालेसंग लोकतान्त्रिक प्रक्रियाका विषयमा अरु पार्टीको तुलना हुनै नसक्ने उनको भनाई छ ।
मिसन ०८४ लाई मध्यनजर गरेर पार्टीको आन्तरिक जीवनलाई मजबुद्ध बनाउने चुनौती एमालेमा रहेको धारणा राख्दै उनले एमाले कमजोर रहँदा स्वाधिनताको आन्दोलन र समृद्धिको अभियान अलपत्र पर्ने बताए ।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी इञ्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटि सदस्य खगराज अधिकारी, स्थायी कमिटि सदस्य थममाया थापा लगायतले बोलेका थिए ।

गण्डकीमा गुरुङले समर्थन गरेको नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।



सम्बन्धित समाचारः
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, मायानाथ अधिकारीसँग १६६ मतान्तर
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा