‘एमालेविरुद्ध प्रचण्ड–माधवको समाजवादी मोर्चाको औचित्य छैन’ : पृथ्वीसुब्बा

निर्वाचित नेतृत्वलाई बधाई

‘एमालेविरुद्ध प्रचण्ड–माधवको समाजवादी मोर्चाको औचित्य छैन’ : पृथ्वीसुब्बा

अधिवेशनको समाप्तिसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु

uml gandaki sapath (3)

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको औचित्य नरहेको बताएका छन् ।

गण्डकी प्रदेश कमिटिका निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताएका हुन् ।

नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने बताए । ‘समाजवादी मोर्चाको नाममा बामपन्थीहरु मिलेर बनाएको भनिएको मोर्चा सम्पूर्ण रुपमा एमाले विरुद्ध परिचालित छ । हामीले एमाले भन्दा अर्को लोकतान्त्रिक र बामपन्थी पार्टी छैन र त्यो भन्दा बाहिर रहेर हुँदैन भन्ने प्रमाणित गर्नुपर्नेछ ।’ – गुरुङले भने ।

उनले अधिवेशनको समाप्तिसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएर पार्टीमा उन्नतस्तरको एकता शुरु भएको दाबी समेत गरे । चुनाव भएपछि पाटी फुटिहाल्छ र सर्वसम्मत गरेपछि पार्टी निरंकुश हुन्छ भन्ने दुवै कुरा गलत रहेको उनको भनाई छ ।

परिस्थिति अनुसार चुनावी प्रक्रिया र सर्बसम्मत सबैको महत्व रहने उनले धारण राखे । गुरुङले भने– ‘हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन् । चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन् । एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो,अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौ । हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन् ।’

तस्वीरः राधिका कँडेल

एमाले सधै लोकप्रिय हुनुको कारण यसमा रहेको आन्तरिक लोकतन्त्र नै प्रधान रहेको उनले बताए । एमालेसंग लोकतान्त्रिक प्रक्रियाका विषयमा अरु पार्टीको तुलना हुनै नसक्ने उनको भनाई छ ।

मिसन ०८४ लाई मध्यनजर गरेर पार्टीको आन्तरिक जीवनलाई मजबुद्ध बनाउने चुनौती एमालेमा रहेको धारणा राख्दै उनले एमाले कमजोर रहँदा स्वाधिनताको आन्दोलन र समृद्धिको अभियान अलपत्र पर्ने बताए ।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी इञ्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटि सदस्य खगराज अधिकारी, स्थायी कमिटि सदस्य थममाया थापा लगायतले बोलेका थिए ।

गण्डकीमा गुरुङले समर्थन गरेको नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।

सम्बन्धित समाचारः

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी, मायानाथ अधिकारीसँग १६६ मतान्तर

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds