खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

photo 2

पोखरा । एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन् । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो ।

चौथो खेलमा लामागाउँले संगम एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । पाचौं खेलमा नदिपुरले वाकओभर पायो । प्रतिद्वन्द्वी ढुङ्गेसाघु नाअएपछी वाकओभर पाएको हो ।

प्रतिस्पर्धात्मक बनेको छैटौं खेलमा गेमशालाले कमलपोखरीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

सातौं खेलमा बि–१३ ले वाक ओभर पायो भण्डारढिकले सहभागिता नजनाएपछि वाकओभर पाएको हो । आठौं खेलमा म्याग्दी चोकले सनसेटलाई ४–१ गोल अन्तरले हरायो । नवौं खेलमा रामघाट गुम्बा ए ले वाकओभर पायो । बिएनएस रुद्र एफसीले सहभागीता नजनाएपछी रामघाटले वाकओभर पाएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको अन्तिम खेलमा रन्जन मेमोरियलले केआईइसी बुनलाई सडनडेथमा ४–३ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछी खेल सडनडेथमा पुगेको थियो ।

प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ