पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ ।
“सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भए संगै नगद रु ५ लाख सहयोग गर्ने भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् ।
देशका ठूला बैंकहरु समेत पोखरा म्याराथन प्रति आकर्षण बढ्न थालेकोले पनि पोखरा म्याराथनले उचाई प्राप्त गरेको जनाउँदै अध्यक्ष पराजुलीले भने–“देशकै ‘क’ बर्गको रुपमा रहेको कृषि विकास बैंकले विगत चार वर्ष देखि निरन्तर पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्दै आइरहेको छ । यो हाम्रो लागि निकै खुसीको विषय हो । म मञ्चको तर्फबाट कृषि विकास बैंक परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।” अन्य बैंक तथा वित्तिय संस्था लगायत व्यवसायिक प्रतिष्ठानहरु समेत पोखरा म्याराथनलाई सहयोग गर्न इच्छुक रहेको उनले उल्लेख गरे ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भए संगै अन्तर्राष्ट्रिय धावकहरुले आफ्नो नाम अनलाइनमार्फत दर्ता गर्ने प्रकिया समेत सुरु भएको जानकारी दिंदै अध्यक्ष पराजुलीले १८ औं सस्करणको पोखरा म्याराथनलाई नेपाल रन युकेको सहयोगमा पूर्णरुपमा प्रविधि मैत्री बनाउनेतर्फ अघि बढेको जानकारी दिए ।
यस अघि वि विल राइज फाउन्डेशनका संस्थापक समेत रहेका तुलसी कुमार गुरुङले नगद रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिकाले मुख्य रुपमा सहयोग गर्दै आइरहेका छन् भने प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो