पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात

mom

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो ।

सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १/१ विकेट लिए ।

जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८/८ रन जोडे । साँग्रिलाका विपिन खत्रीले ३ तथा सुदिप पौडेल र सिब्रिन श्रेष्ठले २/२ विकेट लिए । खेलमा चौतर्फि प्रदर्शन गरेका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द म्याच भए । उनले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्राप्त गरे । प्रादेशिक क्रिकेट संघ गण्डकीका सदस्य ऋषिराम गौतमले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

यसअघि शनिबारनै हुने भनिएको आरके भिक्टोरियन र आदर्श युवा क्लव लेखनाथ विचको पहिलो खेल वर्षातका कारण ‘रिजर्ब डे’का लागि सारिएको प्रतियोगिता संयोजक जिम्मी गुरुङ्गले जानकारी दिए ।

राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लव गरि ८ टिमको सहभागितामा शुरु प्रतियोगिको आयोजक समितिका अध्यक्ष दीपक बहादुर गोदारले अम्पायर अर्जुन उपाध्यायलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ