इजरायल युद्धमा फसेका ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनले भिडियो पोष्ट गर्दै आफूहरु अब खतरा रहेको क्षेत्र छाडेको बताएका छन् ।
‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ रिजालले भने,’अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताए ।
उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । ‘अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरुलाई यहाँ ल्याएको छ’ उनले भने,’अरु साथीहरु आउने क्रममा छन् ।’
अहिले आफूहरु सुरक्षित रहेको उनले बताए । ‘हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं’ उनले भने,’हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।’
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

सम्बन्धित खबर
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगे
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानबाट नेपाल फर्काइदै
नेपाल कल्याण समाज जापानको अभिभावक भेटघाट कार्यक्रम
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ