पोखरामा लागू औषध गाँजासहित एक जना पक्राउ

पोखरामा लागू औषध गाँजासहित एक जना पक्राउ

११

पोखरा । पोखरामा लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गजुरी गाउँपालिका–३ क्वालसिङ बस्ने वर्ष २२ को रविन्द्रथिङ तामाङ रहेका छन् ।

आइतबार पोखरा महानगरपालिका– ३२ मजुवा स्थित सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको बसमा सवार तामाङले भिरेको झोलामा लागू औषध गाँजा फेला परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट लागू औषध गाँजा १० किलो ८८९ ग्राम र १ थान मोवाईल तथा नगद ७ हजार ९० रुपैयाँ समेत फेला परेको छ ।

पक्राउ परेका तामाङमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन ७ म्याद थप गरी थपअनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ