पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ ।
परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो ।
परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधि संगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित गरेको छ ।
बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०, खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धि कार्यविधि २०८० र खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० रहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिंदै स्विकृतीका लागि मन्त्रालयमा पठाउने निर्णय समेत् गरेको बताए ।
सदस्य सचिव शर्माले प्रदेश खेलकुदको संस्थागत विकासका लागि कार्यविधि र मापदण्ड महत्वपूर्ण कडिको रुपमा रहने जनाउँदै भने–“परिषद स्थापनाको छोटो अवधिमा हामीले प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन योजनावद्ध रुपमा कार्य गरेका छौं । अव मन्त्रालयको स्विकृती पछि लागु हुने दुई कार्यविधि र मापदण्डले खेलकुदलाई अझै प्रखर रुपमा अघि बढ्न हामीलाई सहज वातावरण तयार हुनेछ ।”
यसै गरि बैठकले आर्थिक वर्ष २०८०/०८१को वार्षिक विकास बजेटका विषयमा समेत निर्णय गरेको छ ।
बैठकमा आफ्ना धारणा राख्दै मन्त्री सिंम्खडाले परिषदका सदस्यहरुलाई प्रदेशको खेलकुद विकासका लागि आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्दै मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने बताइन् । “मेरो जिम्मेवारी के हो ? म को हो ? र मैले के गर्नु पर्छ” यि तिन कुरामा ध्यान सके खेलकुद विकासले फड्को मार्ने बताउँदै उनले भनिन–“खेलकुद विकासका लागि नयाँ ढङ्गले सोच्न प्रदेशलाई खेलकुदको ऐतिहासिक थलोको रुपमा विकास नै अहिलेको आवश्यक्ता हो । त्यसमा जोड दिन म आग्रह गर्दछु ।”
खेलकुद विकासमा रहेका कुनै पनि समस्याहरु फुकाउन आफू तयार रहेको बताउँदै मन्त्री सिंम्खडाले विभिन्न समस्याका कारण खेल क्षेत्रबाट टाढिएका र समस्यामा रहेकाहरुलाई समेत समेटेर अघि बढने सके खेलकुद अझै प्रभावकारी रुपमा अघि बढन सक्ने उल्लेख गरिन् ।
बैठकमा मन्त्रलयका सचिव बद्रिनाथ अधिकारीले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन अझै योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । प्रदेशका ११ वटै जिल्लाहरुमा सम्भावित खेलहरुको विकास गर्नु पर्ने उल्लेख गर्दै उनले खेलकुदमा लगानी बढाउने विषयमा प्रमुखताका साथ आवाज समेत उठाउनु पर्नेमा जोड दिए । खेलकुद विकासका लागि सान्दर्भिक र उपयूक्त विषयहरुमा मन्त्रालयको सदैव र साथ र सहयोग रहने उनको भनाई थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी