अरुणको शतकसंगै साँग्रिला फाइनलमा : अर्को सेमिमा आर.के. र कास्की क्लव भिड्ने

अरुणको शतकसंगै साँग्रिला फाइनलमा : अर्को सेमिमा आर.के. र कास्की क्लव भिड्ने

crick semi 1

पोखरा । अरुण अधिकारीको शतकिय पारीमा जित निकाल्दै साँग्रिला क्रिकेट क्लव पोखरामा जारी महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा साँग्रिलाले अरण्यज्योती क्रिकेट क्लवमाथि ६९ रनको जित निकालेको हो ।

पहिला व्याटिङ गरेको साँग्रिलाले १ सय ९२ रनको ठूलो योगफल तयार पार्दा अरुणले ६९ बलमा १०० रन बनाए । विपिन खत्रीले १४ बलमा ३३ हाने । अरण्यज्योतीका सन्तोष सर्माले २ तथा मुकेश गुप्ता र दिवस गिरीले १/१ विकेट लिए । प्रत्युत्तमा व्याटिङमा उत्रिएको अरण्यज्योतीले ६९ रन मात्रै बनाउन सक्यो । उसका लागि दिवस गिरीले २२ रन जोडे । साँग्रिलाका बलरहरु विपिन खत्री, सिब्रिन श्रेष्ठ र सुदिप पौडेलले समान २ विकेट बाँडे ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा आर.के.भिक्टोरियनले सेमिफाइनलमा स्थान बनायो । उसले आदर्श युथ क्लव, लेखनाथमाथि ६२ रनको जित निकाल्दै सेमिमा प्रवेश गरेको हो । पहिला व्याटिङ गरेको आर.के.ले अभिषेक थापाको ५१, कविन सापकोटाको ३९ तथा रोनित बाटाजुको २३ रनको मद्धतमा १ सय ७३ रनको योगफल तयार पार्‍यो ।

आदर्शका बलर साहिल पौडेल र निरज गुरुङ्गले २/२ विकेट लिए । जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको आदर्शले १ सय ११ रन मात्र जोड्न सक्यो । आदर्शका साहित पौडेलले २८ तथा निरज गुरुङ्गले २४ रन बनाए । आरकेका बलर अभिषेक थापाले ३ तथा रोनित बाटाजुले २ विकेट लिए ।

खेलमा साँग्रिलाका अरुण र आर.के.का अभिषेक म्यान अफ द म्याच भए । उनीहरुलाई व्यवस्थापक जिम्मी गुरुङ्ग र खेलकुद समितिका डिवी नेपालीले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्रदान गरे । जितसंगै सेमिफाइनल पुगेको आरकेले फाइनल प्रवेशका लागि मंगलबार बिहान कास्की क्रिकेट क्लवसंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल पनि मंगलबारनै हुने व्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ