पोखरा । अरुण अधिकारीको शतकिय पारीमा जित निकाल्दै साँग्रिला क्रिकेट क्लव पोखरामा जारी महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा साँग्रिलाले अरण्यज्योती क्रिकेट क्लवमाथि ६९ रनको जित निकालेको हो ।
पहिला व्याटिङ गरेको साँग्रिलाले १ सय ९२ रनको ठूलो योगफल तयार पार्दा अरुणले ६९ बलमा १०० रन बनाए । विपिन खत्रीले १४ बलमा ३३ हाने । अरण्यज्योतीका सन्तोष सर्माले २ तथा मुकेश गुप्ता र दिवस गिरीले १/१ विकेट लिए । प्रत्युत्तमा व्याटिङमा उत्रिएको अरण्यज्योतीले ६९ रन मात्रै बनाउन सक्यो । उसका लागि दिवस गिरीले २२ रन जोडे । साँग्रिलाका बलरहरु विपिन खत्री, सिब्रिन श्रेष्ठ र सुदिप पौडेलले समान २ विकेट बाँडे ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा आर.के.भिक्टोरियनले सेमिफाइनलमा स्थान बनायो । उसले आदर्श युथ क्लव, लेखनाथमाथि ६२ रनको जित निकाल्दै सेमिमा प्रवेश गरेको हो । पहिला व्याटिङ गरेको आर.के.ले अभिषेक थापाको ५१, कविन सापकोटाको ३९ तथा रोनित बाटाजुको २३ रनको मद्धतमा १ सय ७३ रनको योगफल तयार पार्यो ।
आदर्शका बलर साहिल पौडेल र निरज गुरुङ्गले २/२ विकेट लिए । जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको आदर्शले १ सय ११ रन मात्र जोड्न सक्यो । आदर्शका साहित पौडेलले २८ तथा निरज गुरुङ्गले २४ रन बनाए । आरकेका बलर अभिषेक थापाले ३ तथा रोनित बाटाजुले २ विकेट लिए ।
खेलमा साँग्रिलाका अरुण र आर.के.का अभिषेक म्यान अफ द म्याच भए । उनीहरुलाई व्यवस्थापक जिम्मी गुरुङ्ग र खेलकुद समितिका डिवी नेपालीले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्रदान गरे । जितसंगै सेमिफाइनल पुगेको आरकेले फाइनल प्रवेशका लागि मंगलबार बिहान कास्की क्रिकेट क्लवसंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल पनि मंगलबारनै हुने व्यवस्थापन समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो