इजरायलमा रहेका नेपालीहरुले आफूहरुलाई छिटो उद्धार गरी नेपाल फर्काइदिन नेपाल सरकारसँग माग गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै इजरायलमा रहेका नेपालीहरुले सरकारसँग छिटो उद्धारको लागि आग्रह गरेका हुन्।
साथै उनीहरुले सरकारलाई ‘हामी नेपाल पनि फर्किन्छम् कि, आशमा यतै विलिन हुन्छौं?’ भन्दै प्रश्नसमेत गरेका छन्। लुइस रिजालको फेसबूकमा एक भिडियो पोस्ट गर्दै त्यहाँ रहेका नेपालीहरुले सरकारलाई आफूहरु नेपाली नागरिक हो कि होइन भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा लेखिएको छ, ‘हामी अब निशब्ध, निमुखा, निर्मम कहिलेसम्म? उततै एउटै–हामी गर्दैछौं, हुँदैछ, भइराछ? हामी नेपाली नागरिक पनि हो कि होइन?’
साथै आक्रोशपूर्ण भावले उनीहरुले आफूहरु मरेकै हेर्न सरकारले चाहेको हो भनेर प्रश्न पनि गरेका छन्। भनिएको छ, ‘नेपालले हामी मरेकै हरेन चाहने हो कि? सरकार छ? साँच्ची छ? हामीले गरेछम् भनेर देखाउनका लागि छ कि? मिडियाबाजीका लागि छ?’
‘हामी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुलाई सोमबार रातिबाट रामेत नागेभको कृषि फार्ममा ल्याएर राखिएको छ । हामी तलबाट आउने आतंककारीलाई होल्ड गर्न सक्छौं । माथिबाट आउने मिसाइल हो । साथीहरु भए जस्तै पनि हुन सक्छ । बाँच्न पनि सकिन्छ । मर्न पनि सकिन्छ ।
दूतावासमा फोन गर्दा हरेक समय चनाखो भएर बस्नु भनेको छ । हामीसँगै ल्याएको कम्बोडिया र थाइल्यान्डका नागरिकलाई सोमबार नै उद्धार गरेर लागिसके । चार दिन भइसक्यो बैठक बस्दैछौं भनिरहेको छ सरकार । प्राथमिकता केलाई दिने भन्ने कुरा नै देशको सरकारले छुटाउन सकेको छैन । अहिले बैठक त बसिरहेको छ । त्यो बैठकले साथीहरुको मूल्यमात्रै तोकिरहेको छ । कहिले आठ लाख भनेको छ । कहिले १० लाख भनेको छ । तर, हामी जुन तरिकाले शारीरिक र मानसिक तरिकाले गुज्रिरहेका छौं ।
भलै, दुई दिन अगाडिसम्म खाना पाएका थिएनौं । अहिले खाना खान पाएका छौं । त्यो फरक कुरा हो । जुन तरिकाले समाचार पढिरहेका छौं । त्यो कठिनाई छ । यसको पनि ख्याल गरिदिनुहोला ।
दूतावासलाई फोन गर्दा कमर्सियल विमानहरु चलिरहेको छ भन्छ । यसको लागि पैसा चाहिने रहेछ । यो पैसाको जिम्मेवारी कसले लिने भन्ने कुरा आएको छ । पैसा हाल्नु पर्ने भए हामी तयार छौं । सरकारले पैसा हाल्न सक्तैनौं भन्नुपर्यो । पैसा हाल्न नसक्ने भए आज साँझभित्र नै हामीलाई सूचना प्रदान गर्नुपर्यो ।
हामीलाई जहिल्यै पनि मानसिक, इमोसनली बलियो हुनुपर्छ भनेर सबैले भनिरहेका छन् । आफूले सकेसम्म शतप्रतिशत दिइसकेका छौं । अब ५ दिन भइसक्यो, बमको आवाज गर्जेको गर्ज्यै छ । यो ठाउँ अहिलेको लागि सेफ हो । यो बमको आतंक कम भएको ठाउँमा रिलोकेट गरेको मात्रै हो । एउटा ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरेको मात्रै हो । हामी पूर्णरुपमा सुरक्षित छैन । अब १६ अक्टोबरबाट उडानहरु कतैबाट पनि बाहिर जान नदिने कुराहरु चलिरहेको छ । इजरायलका मान्छेहरुलाई बिदामा दुई/तीन महिनाको लागि बाहिर जाऊ भनिरहेको छ । हामीलाई नेपाल सरकारले किन अहिलेसम्म लिन आइरहेको छैन ?
हामीलाई खाना पाएको छ, बस्न पाएको छ भनेर सोध्न पर्दैन । हामीलाई यो ठाउँमा बस्नु नै छैन । हामीले साथीहरु गुमाइसक्यौं । हामीलाई जसरी नै नेपाल फर्कनु छ । अब अरु साथीहरुलाई गुमाउनु छैन ।’
सम्बन्धित खबर
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
सबै म्यानपावरले जापानमा कामदार पठाउन पाउने
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर