पोखरा । प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ । एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३–२ गोलले हराउँदै उपाधि चुमेको हो ।
लामागाउँले उपाधिसंगै एक लाख रुपैयाँ हात पार्यो । निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २/२ गोलको बराबरी भए पछि खेलको टुंगो सडनडेथबाट लागेको हो । उपविजेता रामघाटले ६० हजार रुपैयाँ प्राप्त गर्यो ।
लामागाउँका अनुज भण्डारी उच्च गोलकर्ता घोषित भए । उनले कुल चार गोल गरे । लामागाउँकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित भए । उनी फाइनलको म्यानअफदी म्याच समेत घोषित भए । रामघाटका विशन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । फेयर प्ले माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो ।
यस अघि सेमिफाइनल खेलमा लामागाउँले बि–१३ र रामघाटले गन्नी एफसीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो । रग्बी खेलाडी यशोदा बोहोरालाई सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला