पोखरा । प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ । एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३–२ गोलले हराउँदै उपाधि चुमेको हो ।
लामागाउँले उपाधिसंगै एक लाख रुपैयाँ हात पार्यो । निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २/२ गोलको बराबरी भए पछि खेलको टुंगो सडनडेथबाट लागेको हो । उपविजेता रामघाटले ६० हजार रुपैयाँ प्राप्त गर्यो ।
लामागाउँका अनुज भण्डारी उच्च गोलकर्ता घोषित भए । उनले कुल चार गोल गरे । लामागाउँकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित भए । उनी फाइनलको म्यानअफदी म्याच समेत घोषित भए । रामघाटका विशन गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । फेयर प्ले माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो ।
यस अघि सेमिफाइनल खेलमा लामागाउँले बि–१३ र रामघाटले गन्नी एफसीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो । रग्बी खेलाडी यशोदा बोहोरालाई सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सम्बन्धित खबर
रोमाञ्चक खेलमा स्कटल्याण्ड विरुद्ध नेपाल २ विकेटले विजयी
तेस्रो गण्डकी प्रदेश पुरुष टी– २० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात
सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटको फाइनलमा
गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने