पोखरा । कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताकाे उपाधि जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लवले सो उपाधी रक्षा गरेको हो ।
टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु आदर्श झाले ३ तथा विपिन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।
जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको साँग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो । साँग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए । कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए ।
प्रतियोगिताभर १ सय ४० रन जोड्दै ५ विकेट समेत लिएका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए । त्यस्तै प्रतियोगिताभर कूल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा कूल १३३ रन बनाएका साँग्रिलाका अरुण अधिकारी उत्कृष्ट व्याट्स्म्यान भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोमनपा–१५ का वडाध्यक्ष तोरण बानियाँ, आयोजक समितिका अध्यक्ष दिपकबहादुर गोदार, सदस्य सचिव सुवास खड्का, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य देवेन्द्र प्रजु, ऋषिराम गौतम, पोखरा महानगर क्रिकेट संघ अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान, कोषाध्यक्ष ऋषिकेश सर्मा लगायतले शिल्ड मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए । पोखरा महानगर क्रिकेट संघका सचिव कपिल गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
आत्मघाती गोल उपहारले अघि बढ्यो साविक विजेता अर्जेन्टिना
फिफा विश्वकपमा चार पटकको विजेता जर्मनी र नेदरल्यान्ड्स पेनाल्टीमा बाहिरिए
समूह विजेता अर्जेन्टिना, अपराजित रहँदै नकआउटमा
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन