घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

gold

प्रतिकात्मक तस्विर

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य एक लाख ८ हजार ३०० तोकिएको छ।

यसअघि मंगलबार छापावाल सुन एक लाख ८ हजार ९०० र तेजाबी सुन एक लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहदै हिजोकै मूल्य एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds