बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख ९ हजार तोकिएको छ।

यसअघि बुधबार छापावाल सुन एक लाख ८ हजार ८०० र तेजाबी सुन एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds