बागलुङमा करेन्ट लागेर एक मजदुरको मृत्यु

बागलुङमा करेन्ट लागेर एक मजदुरको मृत्यु

corent

बागलुङ । बागलुङमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

गलकोट नगरपालिका–३ स्थित गलकोट ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर सुर्खेत घर भएका ४३ वर्षीय प्रेम कामीको शुक्रबार दिउँसो मृत्यु भएको हो।

ग्रील उद्योगमा इलेक्ट्रिक ड्रिल मेशिनले सटर प्वाल पार्ने क्रममा करेन्ट लागेर अचेत अवस्थामा रहेका कामीको गलकोट–३ मा रहेको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ