सुनको मूल्य एकैदिन झण्डै तीन हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन झण्डै तीन हजार रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार र तेजाबी सुनको मूल्य एक लाख १२ हजार ४५० तोकिएको छ।

यसअघि शुक्रबार छापावाल सुन एक लाख १० हजार १०० र तेजाबी सुन एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds