अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा शर्मा

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा शर्मा

parbat sharma

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुणराज शर्मा चयन भएका छन् । समाजको चौथो अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । शर्मा हाल स्विजरल्याण्डमा बसोबास गर्दै आएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ ।

बरिष्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा क्रमशM बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया) चयन भएका छन् ।

महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन भएका छन् । सचिवमा क्रमश: कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (बेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहेका छन् । कोषाध्यक्षमा तिलक सापकोटा (युएई ), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका संयोजकमा रबिन शर्मा चयन भएका छन् ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds