घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला सात सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ७५० तोकिएको छ।

यसअघि आइतबार छापावाल सुन एक लाख १३ हजार र तेजाबी सुन एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै हिजोकै मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds