गतवर्ष ‘सोल्टी बजारमा’ बोलको लोकदोहोरी गीत ल्याएर चर्चा कमाएका लोकदोहोरी गायक निश्चल दवाडीले नयाँ गीत ‘चाइने क्यारे गोर्खा नेपालमा’ सार्वजनिक गरेका छन्।
गायक दवाडीले आइतबार आफ्नै युट्युब च्यानलमार्फत् नयाँ सार्वजनिक गरेका हुन्। ‘चाइने के रे गोर्खा नेपालमा’ बोलको गीतमा गायक दवाडीलाई चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छन्।
गीतको म्युजिक भिडिओमा चर्चित नायिका प्रियङ्का कार्की, गम्भीर विष्ट लगायत छन्। म्युजिक भिडिओको निर्देशन कलाकार विष्ट आफैंले गरेका छन्।
स्कुल पढ्दादेखि नै लोक गीत गाउन थालेका गायक दवाडीले २०६८ सलामा पहिलो लोक दोहोरी ‘हजार खुसी’ ल्याएका थिए। त्यसयता उनले आधा दर्जन लोकदोहोरी गीत सार्वजनिक गरिसकेका छन्।
गायक दवाडीले आइतबार सार्वजनिक गरेको गीत ‘चाइने के रे गोर्खा नेपाल’ मा बोलको गीतको शब्द र लय पोखराबाट काठमाडौं जाँदा रचेका थिए।
‘पोहोर पोखराबाट नाइट बसमा काठमाडौं जाँदा नयाँ गीतको शब्द र लय मनमा आयो, त्यसैलाई टिपेर रेकर्ड गराएको हुँ,’ दवाडीले भने, ‘यो गीतले पनि सोल्टी बजारमा जस्तै दर्शक र स्रोताको माया पाउँछु भन्ने विश्वास छ।’
सोल्टी बजारमा गीत बहुचर्चित गीत हो । हालसम्म २५ मिलियन अर्थात् २ करोड ५० लाख पटक हेरिसकिएको छ ।
निश्चल दवाडीका अन्य गीतहरू
सम्बन्धित खबर
वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक
निश्चल दवाडीले अञ्जु पन्तसँग ल्याए ‘चाइने के रे गोर्खा नेपालमा’ [भिडिओ]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट
लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका