पोखरा । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर आश्विन २७ गते घटस्थापनाका दिन सार्वजनिक भएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा रिलीज भएको छ। उक्त सिरिजको कथावस्तु जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित रहेको छ।
सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिकमत शर्माले गरेका हन्।
मैथिली भाषामा न्यारेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डब्बिङ्ग स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ।
उक्त सिरीज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन्। आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर रहेका छन्।
आदर्श प्रडक्सनस (Adarsh Productions) यूट्युब च्यानलमा मैथिली र OSR Digital यूट्युब च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको छ। ६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरीजको सम्पूर्ण एपिसोड OTT platform ‘Net TV’ र Galaxy 4K टेलिभिजनमा प्रसारण हुने भएको छ।
सत्ताधारीको औँलाको ईशारामा चल्ने न्यायलय बलात्कार गरेर हत्या गरिएको वा दाईजोकै कारणले मारेर देखाबटीरुपमा फाँसी झुण्डयाईएको आरतीहरूलाई न्याय दिनलाई कति बेईमानी भई रहेको छ भन्ने कुराको चित्रण गरिएको छ। यस सिरीजमा इतिहासमा सती प्रथाका कारण सती जानेहरू देशलाई सरापेका थिए तर समाजका दानवहरूले आफ्नो स्वार्थका लागि ज्यानको आहुति दिन बाध्य बनाउँने चेलीबेटीहरूद्वारा समाज र देश श्रापित नहोस् भन्ने आम जनताका मनका भाव सहजै प्रस्तुत गरिएको देखिन्छ।
सम्बन्धित खबर
वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक
निश्चल दवाडीले अञ्जु पन्तसँग ल्याए ‘चाइने के रे गोर्खा नेपालमा’ [भिडिओ]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
चर्चित टिकटकर आयुषले गरे पाकिस्तानी जमालीसँग इन्गेजमेन्ट
लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका