पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट अवैध लागू औषधसहित ४ जना पक्राउ परेका छन् ।
सोमबार पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध फेला पारेको हुँदा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा चालक गोरखा शहीद लखन गाउँपालिका– ३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– १५ रामबहार बस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली, सह–चालक स्याङ्जा पुतली बजार नगरपालिका– ५ नयाँबजार बस्ने वर्ष ३८ का विशाल कार्की, सह–चालक स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ३ बस्ने वर्ष ४५ का टिकाराम पौडेल, सह–चालक म्याग्दी अन्नपूर्ण गाउँपालिका– १ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष ३७ का दिपक परियार रहेका छन् ।
उनीहरुले लुकाई छिपाई राखेको एमफेटामाईन (आईस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागू औषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि कास्की जिल्ला अदालतबाट अनुमति लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीको खिलाङ र तप्राङमा पहिरोः २ भैंसी मरे, ६ घरमा क्षति
‘गण्डकीमा मानव अधिकार कार्ययोजना प्रभावकारी कार्यान्वयनमा चुनौती’
पोखरा महानगरपालिकामा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको ध्यानाकर्षण
हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा
पोखराको सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ
असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च