सुनको मूल्य अहिलेसम्मकै महँगो

सुनको मूल्य अहिलेसम्मकै महँगो

gold

पोखरा । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख १३ हजार ७ सय र तेजाबी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

हिजो मंगलबार छापावाल सुन एक लाख १३ हजार २ सय र तेजाबी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds