सुनको मूल्य तोलाको १ लाख १५ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाको १ लाख १५ हजार ५ सय पुग्यो

Gold

पोखरा । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।

आज बिहीबार छापावाल सुनको मूल्य एक लाख १५ हजार ५ सय र तेजाबी सुनको मूल्य एक लाख १४ हजार ९५० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो।

यसअघि हिजो बुधबार छापावाल सुन एक लाख १३ हजार ७ सय र तेजाबी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds