आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

आज महाअष्टमी, दुर्गा भवानीको पूजाआराधना गरिँदै

durga-bhawani

काठमाण्डाै। आज दशैँकाे महाअष्टमी । आज बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउने गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजका दिन देशका विभिन्न शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ।

आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

घटस्थापनाको दिन घरघरमा जमरा राखेर दशैँ शुरु भए पनि फूलपाती, महाष्टमी, महानवमी र विजयादशमीलाई विशेष मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds