ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका – ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम वली रहेका छन्।
बागचाैर नगरपालिका – ७ कोटबारा, पुरानछापका वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए।
गाउँको भलिबल खेल्ने मैदानमा सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए ।
घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।
कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याउन लागिएको डिएसपी कार्कीले बताए। केशर भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
‘मंगलबार मात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो,’ डिएसपी कार्कीले भने, ‘भलिबल खेल हेर्न गएका घनश्याम माथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेका थिए।’
पक्राउ परेका सन्तोषलाई जिल्ला ल्याई सोधपुछ गरेपछि थप कुरा खुल्ने डिएसपी कार्कीले बताए।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन