कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

दुर्घटना

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

घाँस काट्ने क्रममा भीरबाट खसे

Prakash Ghimire Actor

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् ।

शुक्रबार बिहान साढे ९ बजे नदीपुरमा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् ।

दर्जनौं फिल्म खेलिसकेका घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds