पोखरा । भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।
उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अवस्था असामान्य रहेकोले थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो ।
कलाकार तथा उनका शुभचिन्तकहरु मणिपाल पुगेका छन् । चिकित्सकहरुले उनको अवस्था स्थिर रहको जनाएका छन् । घिमिरेको आइसियूमा राखेर उपचार गरिएको छ ।
अभिनेता खगेन्द्र लामिछानेले अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं लगिने तयारी भइरहेको जनाएका छन् । अनुप बराल पोखरामै रहेकाले हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिरहेको उनले जनएका छन्।
गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । उनको टाउकोमा चोट छ ।
छिमेकी एवं अभिन्न मित्र प्रेम शेरचनका अनुसार पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर तल खसेर गम्भीर घाइते भएका हुन् ।
कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उनको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन्।
लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।
सम्बन्धित खबर
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
शुक्लाले जनकवि केशरी धर्मराज थापालाई सम्झने
डिलभिरको मापदण्ड घटाउन रातोपैह्राका बासिन्दाको माग
हाइकिङ मार्फत तारेभिर र कालाबाङ घरेडी बुद्धपार्कको प्रवद्र्धन
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा