महोत्तरीमा सामान्य विवादमै दुई जना भारतीय युवकले नेपाली साथीको हत्या गरेका छन्।
पिपरा गाउँपालिका-५ हर्दिया टोलका आशिक भनिने १९ वर्षीय वसन्त पासवानको बिहीबार बेलुकी हत्या भएको प्रहरीले जनाएको छ। वसन्तको शव उनकै गाउँमा स्थानीय जगदिश साहको खेतमा फेला परेको थियो।
भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुवनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकले छुरा प्रहार गरी वसन्तको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।
दिपक र अमित दसैं मनाउन हर्दिया टोलस्थित मामाघर आएका थिए। डिएसपी गिरीका अनुसार बिहीबार दिउँसो उनीहरू वसन्तलाई लिएर गाउँमै लागेको दसैं मेला हेर्न गएका थिए।
दिपक र अमितले मेलामा सुनजस्तो देखिने सिक्रीको माला किनेका थिए। माला लगाएर तीनै जनाले फोटो खिचे। अन्तिममा माला लगाएका वसन्तले फिर्ता गर्न नमान्दा विवाद भएछ। त्यसै क्रममा मेलाबाट थोरै पर चउरमा लगेर दुवै जनाले वसन्तको पेटमा छुरा प्रहार गरेर भागेका थिए,’ उनले भने।
घटनापछि दिपक र अमित दुवै जना गाउँमै घुमिरहेका थिए। बिहीबार राति ११ बजे गाउँबाटै दुवैलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिए।
वसन्तको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन