अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार

अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार

Prakash Ghimire manipal

पोखरा । हिजो बिहान भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अवस्थामा क्रमिक रूपमा सुधार आइरहेको पोखराका मेयर धनराज आचार्यले भेटपछि जानकारी दिएका छन् ।

हिजाे अवस्था असामान्य रहेकाले थप उपचारका लागि काठमाडौं पठाउन हेलिकाेप्टरसमेत तयारी अवस्थामा राखिएको थियो ।

मेयर आचार्यले भनेका छन् – ‘अभिनेता प्रकाश घिमिरेज्यूको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ। आईसियुमा उपचाररत उहाँले मलाई चिन्नुभयो । उहाँको अवस्था बुझ्न हस्पिटल पुग्नुभएका उहाँका सहकर्मी बरिस्ठ कलाकार अनुप बराल, खगेन्द्र लामिछाने र  मैले हस्पिटलका मेसु डा अभिषेक मास्के ज्यूबाट उहाँको वर्तमान अवस्थाको जानकारी प्राप्त गर्‍यौँ । डा. मास्केले उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ भन्नुभएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds