पोखरा बस दुर्घटना: घाइतेहरूको नाम ठेगाना खुल्यो [पूरा विवरण]

दुर्घटना

पोखरा बस दुर्घटना: घाइतेहरूको नाम ठेगाना खुल्यो [पूरा विवरण]

३ गम्भीर, ४ मध्यम, २८ सकुशल

Pumdi bus

पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको नगरबसमा सवार सबै यात्रुको नाम ठेगाना खुलेको छ । बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् ।

घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काठमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१ का ३५ वर्षिय बुद्धिराज सुवेदी र पोखरा १७ का ५७ वर्षिय उत्तमबहादुर गुरूङ छन् ।

यस्तै, मध्यम घाइते हुने चार जनामा पोखरा १७ कि ३१ बर्षकी अनिता थापा, पोखरा १५ कि १६ वर्षीया विनिता न्यौपाने, काठमाण्डुकी २८ बर्षीया विनिता पराजुली र पोखरा १७ कि ६१ वर्षीया राधिका थापा रहेका छन् ।

पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए ।

छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।

सम्बन्धित समाचार:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds