पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आइपुगेका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत पोखरा ओर्लिएका हुन् ।
पोखराको पुरानो विमानस्थलमा अवतरण पश्चात् महासचिव एन्टोनियो गुटेरेसको भव्य स्वागत गरिएको छ ।
गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका हुन् । रेड कार्पेट र नेपाली मौलिक बाजा, गीत बजाई उनलाई स्वागत गरिएको थियो ।उनी सिधै होटेलतर्फ प्रस्थान गरेका छन् । सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको थियो ।

महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
महासचिव एन्टोनियो गुटेर्रेस अहिले नेपालको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा कार्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि आएका महासचिव आज पोखरा आइपुगेका हुन् । लामो समयपछि भएको अति विशिष्टको पोखरा भ्रमणबाट यो क्षेत्रका बासिन्दाले ठूलो अपेक्षा गरेका छन् । पोखरा भ्रमणमा आउने महासचिव गुटेर्रेस अन्नपूर्ण बेस क्याम्पसमेत जाँदैछन् ।

त्यहाँ पुगेपछि स्थानीयसँग जनवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे कुरा गर्ने तालिका तय छ । महासचिव सोलुखुम्बुसमेत जाँदै छन् ।

विश्वका विभिन्न देशबीच आपसी मतभेदसँगै युद्ध भइरहेका बेला महासचिव गुटेर्रेसको नेपालको भ्रमणलाई महत्व दिएर आउनुलाई महत्वपूर्ण मान्नुपर्छ । संयुक्त राष्ट्रसंघका महासचिवस्तरकै नेपाल भ्रमण कमै हुने गर्दछ ।
तस्वीर: बिमला भण्डारी / अध्यक्ष, पत्रकार महासंघ कास्की
सम्बन्धित खबर
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा
सिनेमा संवादका लागि सेलिब्रिटी ल्वाङमा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य