सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन एक लाख १६ हजार र तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि हिजो सोमबार छापावाल सुन एक लाख १६ हजार ५ सय र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds