डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घट्याे

डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घट्याे

Petrol-diesel-prices-hiked

काठमाण्डाै। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर चार-चार रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेशन (आईओसी) ले घटेको नयाँ मूल्य पठाएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । अब काठमाण्डाै उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार पेट्रोलमा १.५१ र एलपी ग्यासमा ९३.६० ले वृद्धि भएर आएको थियो। यद्यपि उपभोक्ताको हितलाई मध्यनजर गर्दै अहिलेलाई यथावत राख्ने निर्णय भएको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds