इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।
सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ७ यता तेस्रोपटक इजरायलको भ्रमणमा गएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन ।
यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४.३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ । मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ ।
तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ । इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
अक्टोबर ७ यता इजरायलले गाजामा हवाई र ‘आर्टिलरी’ आक्रमण गरेको छ । गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु