इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा घेराबन्दी गरिएको जनाएको छ । योसँगै हमासका सैन्य क्याम्प, हेडक्वार्टर र अरू पूर्वाधारमा आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ ।
सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न रकेट लञ्चर, ट्युनेललगायत हमासका पूर्वाधारमा आक्रमण गरिरहेको इजरायलको भनाइ छ । इजरायल सरकारका प्रवक्ताले युद्धविराम अहिले सम्भव नभएको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अक्टोबर ७ यता तेस्रोपटक इजरायलको भ्रमणमा गएका छन् । अमेरिकाले पनि युद्धविराममा सहमति जनाएको छैन ।
यसैबीच, रिपब्लिकन नेतृत्वको अमेरिकी प्रतिनिधिसभाले इजरायललाई १४.३ अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । डेमोक्रेट पक्षले यो सिनेटबाट पारित नहुने र ह्वाइट हाउसले पनि ‘भिटो’ लगाउने भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गाजामा इजरायलको आक्रमणविरुद्ध लडिरहेको हमासलाई लेबनानमा आधारित हिजबुल्लाहपछि हुथी समूह पनि समर्थनमा देखिएको छ । मंगलबार हुथी समूहले इजरायलविरुद्ध युद्ध लड्ने घोषणा गरेको बताइएको छ ।
तर, इजरायलबाट दुई हजार किलोमिटर टाढा यमनमा रहेको हुथीले प्रत्यक्ष रूपमा ठूलो मद्दत गर्न नसक्ने ठानिएको छ । इजरायललले गाजाको स्कुलमा आक्रमण गरी २० जनाको मृत्यु भएको र चार ‘सेल्टर’ ध्वस्त पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
अक्टोबर ७ यता इजरायलले गाजामा हवाई र ‘आर्टिलरी’ आक्रमण गरेको छ । गाजामा मृत्यु हुनेको संख्या नौ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासको आक्रमणमा परेर एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्दी बनाइएको इजरायलले जनाएको छ ।
सम्बन्धित खबर
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको मृत्यु
पोर्चुगिज फुटबल खेलाडी लिभरपुल फरवार्ड जोटाको कार दुर्घटनामा मृत्यु
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगे
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा