पोखरा–१७, विरौटामा रहेको घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो(टिजी) सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले सित्तैमा जाँच सेवा लिएका छन् ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले स्वस्थ जीवन सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै रोग लाग्नै नदिन उचित जीवन शैली र बेला बेलामा परीक्षण गर्न आग्रह गरे । रोग लागिहाले समयमै उपचार गर्न र जीवनशैली, खानपिनमा परितर्वन गर्न आग्रह गरे ।
‘मधुमेह, थाइराइडसहित नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको छ । पूर्वसावधानी र उचित औषधोपचार गर्ने हो भने रोगको पीडा, आर्थिक नोक्सानी र मानसिक पीडाबाट बाच्न सकिन्छ,’ उनले भने । सो अवसरमा थाइराइडको रगत जाँचमा ६० र अन्य अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको थियो ।
युआरएल विरौटा अध्यक्ष विमला भण्डारीले सहकारी, सामाजिक संघ, संस्थाले स्वास्थ्यमा चासो दिएर यस खालका कार्यक्रम गर्नु निकै सकारात्मक कुरा भएको जनाइन् । युआरएलले व्यवसायमात्र नभई सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरी प्रदेशकै अग्रणी प्रयोगशालाको दायित्व निर्वाह गरिरहेको उनको भनाइ छ ।
सहकारीका अध्यक्ष पुरन गिरीको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष कुमार बस्नेत, सचिव पवित्रा सुवेदी भण्डारी, कार्यक्रम संयोजक द्रौपदी बराल आचार्य लगायतले बोलेका थिए ।
युआरएलले नेपालीका मुख्य चाडपर्वलाई मध्यनजर गरी चाडपर्व विशेष अफरमा २० शाखाबाटै छुट दिइरहेको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः २०१५ प्राप्त युआरएलमा कात्तिक महिनाभरि युरिक एसिडको जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।
महान् पर्वका बेला नेपालीलाई सुलभ दरमै स्वास्थ्य जाँचको अवसर दिन चाडपर्व अफर ल्याइएको युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला बताउँछन् । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म डेढ सयभन्दा बढी निशुल्क शिविर आयोजना गरिसकेको छ ।

सम्बन्धित खबर
काहुँखोलामा शनिबार जुरेभूमि युवा क्लबको रक्तदान कार्यक्रम
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
युआरएलमा अपोलोका सेवा सुरु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ