आईसीसी टी–२० : नेपाल ओमानसँग सुपर ओभरमा पराजित

आईसीसी टी–२० : नेपाल ओमानसँग सुपर ओभरमा पराजित

nepal-vs-oman-cricket

पोखरा । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटको फाइनल खेलमा नेपाल पराजित भएको छ ।

आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमनसँग सुपर ओभरमा ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १० रनमात्र बनाउन सक्यो । सुपर ओभरको पहिलो बलमै नेपालका कुशल भुर्तेल आउट भएका थिए ।

त्यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएपछि नेपालले २२ रनको लक्ष्य पाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds