पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधिको सुई लगाइदिएको केहीबेरमै मृत्यु भएपछि अस्पतालमा आन्दोलन सुरू भएको छ । घटना शनिबार दिउँसोको हो ।
अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको खुलेको छ ।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । शनिबार बिरामीको चेकजाँचका लागि राउन्डमा आएको नर्सको टोलीले बिरामीलाई इन्जेक्सनबाट औषधि दिएको थियो ।
अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो । त्यसमध्ये राईको मुटुमा पनि समस्या देखिएको थियो ।नगरकोटीमा निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएकाले डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो । राई र नगरकोटीलाई हिपारिन र सेफ्राएसम एन्टिबायोटिक चलाइएको थियो ।
हिपारिनले रगत सञ्चालन गर्न मद्दत पुर्याउँछ भने सेफ्राएसमले इन्फेक्सन कम गर्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यी औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधि हुन् । सामान्यतया यी औषधिले हानि गर्दैनन् । तर, हिपारिन र सेफ्रिएसम एन्टिबायोटिक इन्जेक्सन दिनेबित्तिकै दुवैजनाको ज्यान गयो ।
सुरुमा ९७ वर्षीया राईलाई नर्सको टोलीले खुट्टाको साप्रा र पाखुराबाट इन्जेक्सनमार्फत औषधि दिएको थियो । त्यसलगत्तै नगरकोटीलाई एन्टिबायोटिक औषधिको इन्जेक्सन दिइयो । तर, एन्टिबायोटिक दिएको क्षणभरमै दुवैको ज्यान गयो । एन्टिबायोटिक दिनबित्तिकै दुवैजनाको शरीर काँप्न थालेको र तत्काल मृत्यु भएको आफन्तको आरोप छ ।
आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ । इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपात र दुर्व्यवहारसमेत गरेका थिए । उनीहरु अहिले आन्दोलनमा उत्रिएका छन् ।
सम्बन्धित खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या
गायिका रचना रिमाल डिस्चार्ज
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ