बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

death body

बाग्लुङ । बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ