‘महाजात्रा’ निर्माणपक्षसँग अभिनेता घिमिरे कृतज्ञ

महाजात्रा

‘महाजात्रा’ निर्माणपक्षसँग अभिनेता घिमिरे कृतज्ञ

'स्वास्थ्यलाभका लागि पूजापाठ गर्नुभएकोमा आभारी छु, छिट्टै फर्कन्छु ।'

mahajatra ghimirre

निर्माता बानियाँ भन्छन्ः हामीलाई विश्वास थियो, प्रकाश दाइ निको हुनुहुनेछ, अर्को कलाकार राखेनौँ ।

पोखरा । सुपरहिट फिल्म ‘जात्रा’ टीमले ‘जात्रै जात्रा’ हुँदै यतिबेला ‘महाजात्रा’ निर्माण गरिरहेको छ । फिल्म धमाधम सुटिङ भइरहेको छ । फिल्ममा एक महत्वपूर्ण रोल ‘ससुरा बा’ को भूमिकामा अभिनेता प्रकाश घिमिरेले अभिनय गर्ने पक्का भइसकेको छ । तर, छायाँकनको पाँचदिन अघि कार्तिक १० गते घिमिरे पोखरामा गाईका लागि घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भए ।

अहिले मणिपाल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । निकै गम्भिर अवस्थाबाट गुज्रिएका उनी २ हप्ता नहुँदै अस्पतालबाट डिस्चार्जको तयारीमा छन् । घटनापछि अचेत रही आईसियूमा उपचार गर्नुपरेका उनको स्वास्थ्यमा अत्यन्त चामत्कारिक सुधार आउँदा सबै खुशी छन् ।

कलाकार घिमिरेको स्वास्थ्यलाभको कामना गर्दै ‘महाजात्रा’ टीमले बौद्ध विधिअनुसार २ दिनसम्म काठमाण्डौमा पूजापाठ नै गरेको थियो । बौद्धस्थित सेचेन गुम्बामा गत शुक्रबार र शनिबार बौद्ध तान्त्रिक विधिअनुसार ‘चामत्कारिक’ स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको कार्यकारी निर्माता एवं अभिनेता रबिन्द्रसिंह बानियाँले जानकारी दिए । यो खबर सुनेर अभिनेता घिमिरेले प्रसन्नता व्यक्त गरे ।

मंगलबार दिउँसो अस्पताल पुगेका पत्रकार रञ्जन अधिकारीकै मोबाइलबाट उनले फिल्म युनिटलाई आभार व्यक्त गरे । कार्यकारी निर्माता बानियाँले निकै खुशी लाग्यो भन्दा निकै हँस्यौली पारामा म लडेर खुशी भएको ? भनेर ठट्टा गर्न भ्याए ।

अभिनेता घिमिरेले भने– ‘मेरो स्वास्थ्यलाभका लागि पूजापाठ लगाएको सुनेँ, साह्रै खुशी लाग्यो । धेरै धेरै धन्यवाद छ । म छिट्टै निको भएर सुटिङमा आउँछु ।’

निर्माता बानियाँले फिल्ममा अर्को कलाकारबारे नसोचेको र अहिले डमी राखेर धमाधम सुटिङ भइरहेको भन्दै थपे – ‘अर्का कलाकार राखेनौँ । किनकि हामीलाई पूर्ण विश्वास थियो कि, दाजु छिट्टै निको भएर सुटिङमा आउनुहुनेछ ।’

यसअघिका सबै फिल्म जात्रा, जात्रैजात्रामा पनि घिमिरेको महत्वपूर्ण भूमिका छ । घिमिरे डिग्री माइलाको छायाँकनमा पनि ब्यस्त थिए ।

महाजात्रा फिल्मको शुभमुहुर्त कार्तिक १५ गते गरी धमाधम छायाँकन भइरहेको छ । निर्माताले घिमिरेबाटै छायांकनको थालनी गर्ने तयारी गरेको थियो तर दुर्घटनाको कारण तत्काल त्यो सम्भव नभएपछि छायांकनको अन्त्यतिरलाई तय गरिएको हो । तिहारअघि पहिलो र तिहारपछि दोस्रो चरणको छायांकन गर्ने तयारी छ ।

प्रदीप भट्टराईले निर्देशन गर्ने यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका हुनेछ ।

षट्कोण आर्ट्सको ब्यानरमा बन्न लागेको फिल्म अघिल्ला प्रिक्वेलहरु जात्रा र जात्रैजात्राको तेस्रो श्रृंखला हो । तेस्रो श्रृंखलामा हरिवंश आचार्य, दिव्यदेव, गौमाया गुरुङ, शिशिर बाङ्देल जोडिएका छन् ।

सम्बन्धित समाचारः

ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा

जात्रा, जात्रै जात्रा पछि ‘महाजात्रा’, काठमाडौंबाट सुरु भयो छायांकन

अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार

कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी

कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds