लमजुङमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

लमजुङमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

jilla-prashasan-lamajung

लमजुङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी–भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहान ७ बजेदेखि राती १० बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो।

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको विक्री वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ। अन्याथा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ