लामो समय देखि बहुप्रतिक्षित कोरला नाका यहि नोभेम्बर १३ तारिख अर्थात् कार्तिक २७ गते खुल्ला हुने भएको छ ।
चिनको तिब्बत स्वशासित क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको समुपस्थितिमा नाकाको शुभारम्भ गरिने कार्यक्रम तय भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।
उनले यो अत्यन्तै खुशीको कुरा भएको बताउँदै यस कार्यमा पहल प्रयत्न गर्ने सबै प्रति धन्यवाद ज्ञापन गरेका छन् । साथै, यस नाकाको चिन तर्फको क्षेत्रमा पोखरा महानगरपालिकाको प्रतिनिधि मण्डलले अध्ययन अवलोकन गरेको पनि बताएका छन् ।
सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इन्द्रधारा विष्टका अनुसार नाकाको नेपाली समयानुसार बिहानको १० बजे अर्थात् चिनियाँ समयानुसार दिउँसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ ।
पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यवसाय गर्न पाउने छन् ।
भन्सार चल्ने गरी होइन, पहिले झैं स्थानीयका लागि पर्वका बेला खोल्ने तयारी
यद्यपी, भन्सार नै चल्ने गरी खुल्न लागेको भने होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी भएको बताइन्छ ।
सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।
केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षित् बनेका छन् । केहि वर्षदेखि नाका बन्द थियो ।
चीन तर्फबाट ठूला ठूला पक्की संरचनाहरु भने बनिसकेका छन् । भन्सार नै चल्ने गरी उतातर्फ तयार भइसकेको अवस्थामा नेपाल तर्फ भने केही काम भएको छैन ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन