घाँस काट्दा लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात बिहीबार डिस्चार्ज भएका हुन्। पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर घाइते भएका थिए।
उनको टाउको, छाती र ढाडमा चोट लागेको छ। घिमिरेलाई अर्को साता जाँचमा आउने गरी डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अभिषेक मास्केले जानकारी दिए।
‘बिरामीको टाउकोमा लागेको चोट सुधार भएको छ, करङ भाचिएर फोक्सोमा लागेको चोट र ढाँडमा काटेको चोट पनि निको हुँदै गएको छ,’ डाक्टर मास्केले भने, ‘बिरामीको उच्च मनोबलले पनि निको हुन मद्दत पुर्याएको छ, हामीले अर्को साता फलोअपमा आउनु भनेर डिस्चार्ज गरेका छौं।’
अस्पतालबाट राम्रो सुविधा पाएकाले आफूलाई छिटो निको भएको कलाकार घिमिरेले बताए। उनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरमा लागेका चोटका कारण उनी अर्धचेत अवस्थामा थिए।
कात्तिक १० गते बिहान उनका निकट मित्र प्रेम शेरचनको घर नजिकै घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका थिए। शेरचनको घर नजिकै रहेको ब्लकको पर्खालमा समातेर डाले घाँस काट्दा पर्खालको वाल भत्किएर उनी लडेका थिए। उनी लडेर ५० मिटर तल खोँचमा खसेका थिए।
घिमिरे लडेको थाहा पाएपछि शेरचनले उद्धार गरी अस्पताल पुर्याएका थिए। नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्।
२०६१ सालतिर निर्देशक नवीन सुब्बा निर्देशित टेलिसिरियल दलनमा अभिनय गरेर उनी फिल्मी क्षेत्र प्रवेश गरेका थिए।
उनले टलकजंग भर्सेस टुल्केु, पशुपति प्रसाद,फन्को, जात्रा, पञ्चेबाजा, पानीफोटो लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्। प्रकाश अभिनीत चलचित्र भष्मे डन अहिले प्रदर्शनमा छ।
नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।
कलाकार घिमिरे दसैं लगत्तै चलचित्र ‘महाजात्रा’को छायाङ्कन गर्ने तयारीमा थिए भने मंसिरमा चलचित्र ‘डिग्रीमाइला’मा अभिनयको तयारीमा थिए। छिट्टै निको भएर अभिनयमा फर्किने घिमिरेले बताएका छन्।
सम्बन्धित समाचारः
‘महाजात्रा’ निर्माणपक्षसँग अभिनेता घिमिरे कृतज्ञ
ज्यान हस्पिटल बेडमा, मन सुटिङ सेटमा
अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार
कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै