पोखरामा व्यवसायिक रुपमा पहिलो पटक मुआथाई प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता आगामी पुसको दोश्रो साता हुने परिषद् सदस्य केशव पाठकले जानकारी दिए ।
थाई मार्शल आर्ट खेलको रुपमा विश्वभर पहिचान बनाएको मुआथाई खेल विगत केही वर्ष यता नेपालमा समेत यूवाहरुको आकर्षण बढे संगै आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद परिषदले बजेट विनियोजन समेत गरी प्रतियोगिता आयोजना तयारी थालेको परिषदका सदस्य सचिव श्रीधर शर्माको भनाई छ ।
प्रदेश खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्न परिषदका सदस्य खगेन्द्र क्षेत्रीलाई जिम्मेवारी दिएको छ । नेपाल राष्ट्रिय मुआथाई संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १८ लाख खर्च हुने क्षेत्रीले जानकारी दिए । “यो पोखरामा आयोजना हुने मुआथाई खेलको पहिलो व्यवसायिक खेल हो । यसले पोखरालाई खेल पर्यटनको माध्यमबाट समेत पहिचान स्थापित गर्न सहयोग पुग्ने छ,”–संयोजक क्षेत्रीले भने ।
विभिन्न उमेर र तौल समुहमा आयोजना हुने प्रतियोगितामा महिला/पुरुष एवं छात्र/छात्राका छुट्टा–छुट्टै प्रतिस्पर्धाहरु तय गरिएको छ । प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिंदै संयोजक क्षेत्रीले आवेदन दिने खेलाडीहरु मध्ये उनीहरुको विगतको नतिजाका आधारमा प्रतियोगितामा समावेश हुने अवसर प्रदान गरिने बताए । जसमा ३५ भन्दा वढि खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।
दुई दिन सम्म पोखराको पर्यटकिए केन्द्र लेकसाइडमा हुने प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नगद ३ लाख खर्च हुनेछ । पोखरा बाहिरबाट आउने खेलाडी, प्रशिक्षक तथा प्राविधिकहरुलाई खाना र आवाशको सुविधा सहित एक दिन पोखराको पर्यटन क्षेत्रहरुको अवलोकन समेत गराइने संयोजक क्षेत्रीले जानकारी दिए । प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्था एवं व्यवसायिक प्रतिष्ठानहरुले समेत सहयोग गर्ने भएको संयोजक क्षेत्रीले जानकारी दिए ।
पोखरामा पहिलो पटक वृहतरुपमा मुआथाई प्रतियोगिता आयोजना हुने भएकोले प्रतियोगितालाई विभिन्न अनलाइन सञ्चार माध्यम र राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको क्षेत्रीले बताए ।
मुआथाई प्रतियोगिताले यो खेलको विकास संगै पोखराको पर्यटन क्षेत्रलाई समेत उकास्न महत्वपूर्ण योगदान पुग्ने परिषदका सदस्य सचिव शर्माले बताए । उनले भने–“मुआथाई प्रतियोगिता व्यवसायिक रुपमा पहिलो पटक आयोजना गर्दैछौं भविष्यमा समेत अन्य खेलका यस प्रकारका कार्यक्रमहरु तय गरि नेपाली खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउने योजना हामीले बनाउँदैछौं ।”
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह