कास्की प्रहरीद्वारा ठूलो परिमाणमा पटका तथा लंगुरबुर्जाका सामान नियन्त्रणमा लिइ नष्ट

कास्की प्रहरीद्वारा ठूलो परिमाणमा पटका तथा लंगुरबुर्जाका सामान नियन्त्रणमा लिइ नष्ट

[ataka

पोखरा। कास्की प्रहरीले विभिन्न किसिमका पटका, आतसवाजी तथा लंगुरबुर्जा (खोरखोरे) का सामाग्रीहरु नियन्त्रणमा लिएर नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको टोलीले समाजमा आतंक मच्चाउने, ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु नियन्त्रणमा लिएर नष्ट गरेको हो।

नियन्त्रणमा लिइएका सामग्रीमा प्याङ्गुईन कोव्रा (खुर्सानी बम) ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानि बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम १४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम-९८ सेट (२७४४ पिस) सानो पटका- ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा छन् ।

साथै प्रहरीले विभिन्न स्थानबाट लंगुरबुर्जा खेलाउंदै गरेको अवस्थामा ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट आदी सामाग्री समेत नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ