जोमसोम । लगातार ४ वर्षदेखि ठप्प रहेको नेपाल–चीन सिमाना नाका मुस्ताङको कोरला आजदेखि खुल्ला भएको छ । नेचुङ—लेग्चे पोर्ट अन्तर्गतको बहुप्रतिक्षित यो नाका खुलेपछि मुस्ताङका स्थानिय हर्षित भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्र (सिपीसी)का सचिव वाङ जुनझेङको समुपस्थितिमा समुद्घाटन कार्यक्रम आयोजना गरी कोरला नाका खुला गरिएको हो ।
उद्घाटन समारोहमा सहभागी हुन पोखराबाट टोलीसमेत पुगेको छ । टोलीमा गण्डकी प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जनप्रतिनिधि, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यावसायीहरू सहभागी छन् ।
गतहप्ता चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष चीन पक्षबीच भएको छलफलमा कोरलानाका खोल्ने तिथिमिति तय गरिएको थियो ।
छलफलमा प्रशासन, प्रहरी र स्थानीय जनप्रतिनिधि सम्मिलित थिए । कोभिड माहामारी तथा सुरक्षा संवेदनशीलताका कारण चीनले एक पक्षिय रुपमा बन्द गरेको थियो ।

तस्वीरः सुन्दरकुमार थकाली
सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इन्द्रधारा विष्टका अनुसार पर्वको छेको पारेर सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यवसाय गर्न पाउनेछन् ।
सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।
नेपालीहरु त्यहाँ पुग्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।
केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षित् बनेका छन् । केहि वर्षदेखि नाका बन्द थियो ।

कुनै समय नेपाल पक्ष र चीन पक्षबीच आलोपालो सञ्चालन हुँदै आईरहेको दुई देशबीचका अल्पकालिन ब्यापार मेला पछिल्ला समयहरुमा चिनले आफ्नो तिब्बत भूमिमा दुई पटक सञ्चालन गर्ने गथ्र्यो । कोरलाको करिव ५ किमी तिब्बती भूमीमा लाग्ने अल्पकालिन व्यापार मेला बर्सेनि असार र भदौमा हुन्थ्यो ।
यसपटक साविक जस्तो नभई उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका बासिन्दाका लागि बाह्रै महिना खुल्न लागेको हो । नाका खोल्ने तयारी अघि बढेपछि उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमतिपत्र लिईसकेका छन् । हिउँदयामको मौसम भएकाले धेरैजसो उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती व्यापारमा बेसी हिँडिसकेकाले दुई तिहाईले प्रस्थान अनुमति बोर्डर पास बनाएका छैनन् ।
चीनको तिब्बती बजारबाट उपल्लो मुस्ताङीहरुले खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, ईलेक्ट्रोनिक सामान, निर्माण सामाग्री, कृषि उपकरणका साथै भेडा च्यांग्रा आयात गरिने गरिन्छ । नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात हुन्थ्यो ।
चीन आफैले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’
कोरलानाकाको दशगजा क्षेत्रमा नेपाल पक्षको कुनै आवश्यक भौतिक संरचना निर्माण भएको छैन । उता चीनतर्फ सबै पूर्वाधार तयारी अवस्थामा छ ।
कोरलानाकाबाट हुँने आर्थिक तथा व्यापारिक कारोवारका लागि सीमाक्षेत्रमा सुरक्षा प्रवन्ध आवश्यकता पर्छ । तर, भन्सारको कारोबार तथा चेकजाँच लोमान्थाङ—२ नेचुङबाट हुनेछ । नेपालतर्फको सुरक्षा सहजताको महशुस गर्दै चीन पक्षले कोरलानाकामा प्रि—फाईप ५ थान अस्थायी कन्टेनर घर बनाइदिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा अस्थायी कन्टेनर चीनले दिएको हो ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोमान्थाङका वडाध्यक्षहरुको रोहबरमा कोरलानाकामा व्यस्थापन गरिएको छ ।
चीनले झारेको उक्त कन्टेनरहरु कोभिड माहामारीको बेला चीन पक्षले प्रयोग गर्दैआईरहेको कन्टेनरहरु हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा चीन पक्षले कन्टेनर दिएको हो । शनिबार लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीन पक्षले दशगजा क्षेत्रको नेपाली भूमीमा पूर्वाधार बनाईदिएको हो ।
चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा बस्न मिल्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । नाका खोलेपछि सुरक्षा संवेदनशीलताको कुराहरु पनि जोडिन्छन्,यसैले प्राप्त कन्टेनरले सुरक्षाकर्मीलाई सुरक्षित बस्न सहयोग पुग्ने अध्यक्ष बिष्टको भनाई छ । ‘कोरलानाकामा हावाहुरी र हिमपात हुने र त्यहाँ सुरक्षाकर्मी बस्न समेत मुश्किल पर्छ ,अध्यक्ष बिष्टले भने,‘ कन्टेनर भएपछि यसले सामान्य रुपमा रहन सघाउ पु¥याउँछ ।
चीनले उपलब्ध गराएको प्रि—फाईप कन्टेनर चीन पक्षले क्रेनको सहायताले नेपाली भूमीमा जडान गरेको हो । कन्टेनर विशेषगरी तत्काल बस्न मिल्ने अस्थायी टहरा हो । कोरलामा राखिएको कन्टेनर २० फुट लम्बाई र १० फुट चौडाई साईजका छन् । कन्टेनरमा ढोका र भ्यालको व्यवस्था छ । सामान्यतया एकै कन्टेनरमा ४ वटा खाँट अट्न सक्ने क्षमताको छ भने हावाहुरी चल्दा १० जना व्यक्ति अटाउन सक्छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ